न्युजिल्याण्डमा मनाईयो तीज – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा मनाईयो तीज

   September 17, 2023  

न्युजिल्याण्डमा रहेका नेपाली महिलाहरूले तीज मनाएका छन् । बिभिन्न शहरमा रहेका नेपाली समाजहरुले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो ।

नेपाली नारीहरुको महान पर्व तीज को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा नाचगान कार्यक्रम सभ्य,भब्य, रूपमा सम्पन्न भएको  छ ।  न्युजिल्याण्डको अकल्याण्ड, ह्यामिल्टन, तउरङा, वेलिङ्टन,   नेल्सन, साउथ ल्याण्डलगायतको शहरमा हिजो शनिबारको अवसर पारेर तीज कार्यक्रम आयोजना गरिएको हो ।

तीज विशेष कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । सबै नेपाली दिदीबहिनी मिलेर तीज मनाउन पाउँदा आनन्दको अनुभूति महसुस भएको उपस्थितहरुले बताएका थिए । कार्यक्रममा दर ख्वाउनुका साथै शुभकामना आदान-प्रदान गरिएको थियो । तीज जस्तो पर्वले सबैलाई जोड्ने र चेलीबेटीहरूको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको सहभागीले बताएका छन् ।

न्युजिल्याण्डका बिभिन्न शहरमा रहेका नेपाली सोसाईटीहरुले नेपालीहरुको चाडपर्व दसैं, तिहार, तीज, होली लगायत एकआपसमा शुभकमना आदान प्रदान गर्दै मनाउने गरेका छन् ।