काठमाडौं – पोखरा यतीको रात्रि उडान सुरू – New Zealand News Nepal (NZ News Nepal)

काठमाडौं – पोखरा यतीको रात्रि उडान सुरू

   September 18, 2023  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले  रात्रिकालीन उडान (आईएफआर) सुरू गरेको छ।

यो उडान आइतबारबाटै लागु हुनेगरी कम्पनीले तालिका समेत बनाइसकेको छ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि  उडानको सुविधा थियो। तर  यतीले आइतबारदेखि लागु हुने गरि रात्रि उडान सुरु गर्न लागेको हो।

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नम्बर एनवाईटी ६८३ र पोखराबाट साँझ ६:२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यतीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘हाललाई साँझका लागि एउटा मात्रै उडान छ। यात्रुको माग अनुसार उडान संख्या थप हुँदै जानेछ’, उनले भने।

आईएफआर उडान सुरु नहुँदा कहिलेकाहीँ साँझका उडान रद्ध हुने गरेका थिए। अब त्यो समस्या समेत हट्ने उनले बताए। पोखराका लागि यतीले दैनिक ६ वटा उडान गर्दै आएको छ।