419
Shares
न्युजिल्याण्डभरि आज शुक्रबारबाट मौसममा बद्ली आएको छ । देशका दुवै क्षेत्र साउथ आईल्याण्ड र नर्थ आईल्याण्डमा आज बिहानबाट मौसममा बद्ली भई वर्षा भईरहेको छ । आगामी केही दिन सम्म वषा जारी रहने पुर्वानुमान गरिएको छ । मौसम बिभाग मेट सर्भिसमा अनुसार देशका बिभिन्न भागमा भारी वर्षाको चेतावनी दिईएको छ । साउथबाट सुरु भएको वर्षा नर्थ सम्म सर्दै गएको छ यस्ले नर्थ आईल्याण्डमा बढी असर पर्नसक्ने मेटसर्भिसले जनाएको छ । साउथ आईल्याण्डको कुईन्सटाउनमा वर्षाका कारण केही स्थान प्रभावित भएको छ । वर्षा नर्थ तर्फ सर्दै गएकाले यस्ले नर्थ आईल्याण्डमा डुबानको खतरा रहेको मेट सर्भिसले जारी गरेको चेतावनीमा उल्लेख गरेको छ । नर्थको बिभिन्न क्षेत्रमा आगामी ४-५ दिन सम्म वर्षाको सम्भावना रहेको छ । वर्षाको कारण देशभरका बिमानस्थलमा हवाई सेवा समेत प्रभावित बनेको छ ।