वर्षाका कारण साउथल्याण्ड क्षेत्रभरि आपतकाल घोषणा – New Zealand News Nepal (NZ News Nepal)

वर्षाका कारण साउथल्याण्ड क्षेत्रभरि आपतकाल घोषणा

   September 22, 2023  

भारी वर्षाका कारण साउथ आईल्याण्डका बिभिन्न भाग प्रभावित बनेको छ । लगातारको वर्षाका कारण कुईन्सटाउन, वानाका, गोर, विन्टन लगायतको क्षेत्र प्रभावित बनेको हो । वर्षा र डुबानले प्रभावित बने पछि साउथ आईल्याण्डको दक्षिणी क्षेत्र साउथ ल्याण्डभरि आपतकाल घोषणा गरिएको छ । ओटागोका केही भागहरूमा पनि बाढी आएको छ र धेरै दक्षिणी राजमार्गहरू बन्द छन्। पावरनेटले साउथल्याण्डका धेरै क्षेत्रमा बिजुली अवरुद्ध भएको बताएको छ । कुईन्सटाउमा २४ वर्ष यताकै अत्याधिक वर्षा भएको बताईएको छ ।