प्रधानमन्त्री क्रिस हिप्किन्सलाई कोरोना संक्रमण

4.2K Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सलाई कोरोना संक्रमण भएको छ । उनले आफु कोरोना संक्रमित भएको खबर सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् । आईतबार बिहानै बाट आफुलाई सन्चो नभएको र कोरोना परिक्षण गर्दा पोजिटिभ आएको कुरा बताएका हुन् । आमनिर्वाचनको पुर्व सन्ध्यामा प्रधानमन्त्री कोरोना संक्रमित भएका छन् । न्युजिल्याण्डमा आउदो अक्टोबर १४ मा हुने आमनिर्वाचनका लागि भोलीबाट मतदान सुरु हुँदै छ । प्रधानमन्त्रीले चुनावी अभियानको क्रम आफुलाई कोरोना भएको र अरुलाई यस्ले प्रभाव नपारोस भनेर केही दिन आईसोलेसनमा बस्ने बताएका छन् ।

सम्बन्धित समाचार

सबै