नेपालमा ६.३ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु बझाङ – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा ६.३ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु बझाङ

   October 3, 2023  

बझाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर आसपास केन्द्र भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प पश्चिम नेपालसहित देशका विभिन्न स्थानमा महसुस भएको थियो।

भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख बलबहादुर तामाङले लगातार दुईवटा भूकम्प गएको बताए।

‘दिउँसो २ बजेर ४० मिनेटमा तलकोट आसपास केन्द्र भएर ५ दशमलब ३ रेक्टरको भूकम्प गएको थियो’, तामाङले  भने, ‘३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केल मापन भएको छ।’

भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त भइसकेको छैन।