नेपाल भुकम्प अपडेट: १२ जनाभन्दा बढी घाइते, दर्जनौँ भौतिक संरचना भत्किए – New Zealand News Nepal (NZ News Nepal)

नेपाल भुकम्प अपडेट: १२ जनाभन्दा बढी घाइते, दर्जनौँ भौतिक संरचना भत्किए

   October 4, 2023  

बझाङमा मंगलबार दिउँसो गएका तीनवटा भूकम्पपछि झरेको पहिरोमा परेर एक जना बेपत्ता भएका छन्। जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा पहिरोले किचेर एकजना वृद्धा बेपत्ता भएकी हुन्। बेपत्ता हुनेमा करिव ४० वर्षीया गुनमति धामी रहेको प्रहरीले जनाएको छ।

उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। टिमुर टिप्न गएका बेला उनी भूकम्पपछि आएको पहिरोमा च्यापिएकी हुन्। त्यस्तै, भूकम्पबाट १२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ। दर्जनौँ भौतिक संरचना भत्किएका छन्। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुई वटा शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का राजधानी काठमाडौं र भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो।

बझाङमा मंगलबार दिउँसो तीन पटक भन्दा बढी ५ रेक्टरमाथिको भूकम्पको धक्का महसुस भएको छ।