इजरायलमा ज्यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालमा आज राष्ट्रिय शोक – New Zealand News Nepal (NZ News Nepal)

इजरायलमा ज्यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालमा आज राष्ट्रिय शोक

   October 10, 2023  

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय भण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय भण्डा आधा झुकाउने निर्णय क्याबिनेटले गरेको छ,’ बैठकपछि पत्रकारहरुसँग मन्त्री शर्माले भनिन्।

इजराजयल सरकारसँग समन्वय गरी आक्रमणमा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि सरकारले गरेको छ।