555
Shares
न्युजिल्याण्डमा आहिलेसम्म ४२ ५ % जना मानिसले कोरोनाको पूर्ण खोप लगाएका छन् । एनजेड हेरल्डका अनुसार अहिले सम्म ४२.५% मानिसले कोरोना बिरुद्धको फाईजर खोपको दुवै डोज लगाएका छन् । त्यस्तै ३४.३ % ले पहिलो डोज लगाएको बताईएको छ । २३.२ % ले भने हालसम्म खोप लगाएका छैनन् । न्युजिल्याण्डमा ४२ लाख मानिस कोरोनाको खोप लगाउन योग्य छन् । त्यसमध्ये १७ लाखले खोपको दुवै डोज लगाए भने १४ लाखले पहिलो डोज लगाएको जनाईएको छ । एनजेड हेरल्डले डिसेम्बरसम्ममा ९०% ले पूर्ण रुपमा खोप लगाउने अनुमान गरेको छ । आउँदो क्रिसमस सम्म ३८ लाखले खोप लगाउने लक्ष्य लिईएको छ ।