अमेरिकाबाट जसिन्डाको फेसबूक लाईभ: निर्वाचनमा सहभागी हुन आवहान

274 Shares

न्युजिल्याण्डकी पुर्वप्रधानमन्त्री जसिन्डा आर्डेनले आउदो अक्टोबर १४ मा हुने निर्वाचनमा मतदान गर्न सम्पूर्ण न्युजिल्याण्डबासीलाई आवहान गरेकी छिन् । अमेरिकाको बोस्टनबाट फेसबूकमा आज बिहान लाईभ आउँदै उनले निर्वाचनमा सहभागी हुन अनुरोध गरेकी हुन् । आफुले ओभरसिज भोटिङ प्रणाली मार्फत मतदान गरेको बताउदै उनले यो एक सरल र छिटो प्रकृया भएको समेत बताईन । लेबर पार्टीले लगातार न्युजिल्याण्ड र न्युजिल्याण्डबासीको लागि काम गरेको बताउदै उनले लेबर पार्टीलाई मत दिन आग्रह समेत गरेकी थिईन् । उनले आफुलाई सन् २०१७ र २०२० मा मत दिएकोमा न्युजिल्याण्डबासीलाई धन्यवाद समेत दिएकी थिईन ।

सम्बन्धित समाचार

सबै