न्युजिल्याण्डमा जारी आमनिर्वाचनलाई मध्यनजर गर्द गरिएको पछिल्लो पोलमा नेसनल पार्टीको केही सिट घट्ने देखिएको छ । न्युजहबले ५ अक्टोबर देखि १० अक्टोबर सम्म गरेको पोलमा नेसनल पार्टी ४.६ % ले तल झरेको छ । उता लेबर पार्टीले भने १ % बढी सिट ल्याउने देखिएको छ ।

हालको पोल अनुसार नेसनलले ४३ सिट जित्ने देखिन्छ । लेबरले भने ३५ सिटमा चित्त बुझाउनु पर्ने छ । लेबरसँगै सत्तामा रहेको ग्रिन र माओरी पार्टीले क्रमश: १९ र ३ सिट ल्याउने पोलले देखाएको छ । नेसनललाई साथ दिदैँ आएको एक्ट पार्टी ११ सिट ल्याउने देखिन्छ । नेसनल र एक्ट मिलेर मात्र सरकार बनाउन भने सम्भव देखिदैन । नयाँ सरकार बनाउन ६१ सिटको आवश्यकता पर्ने छ । लेबर, ग्रिन र माओरी पार्टी मिले ५७ सिट मात्र हुन्छ जुन सरकार बनाउन ४ सिट अपुग हुन्छ । उता नेसनल र एक्टलाई भने सरकार बनाउन ६ सिट अपुग हुन्छ । यस्तो मा निर्णयक बन्ने छ एनजेड फर्स्ट पार्टी । सन् २०२० को निर्वाचनमा कुनै सिट नजितेको एनजेड फर्स्ट पार्टीले यो निर्वाचनमा भने ९ सिट ल्याउने पछिल्लो पोलले देखाएको छ । लेबरले यसअघि नै एनजेड फर्स्ट सँग सहकार्य नगर्ने भन्दै एनजेड फर्स्टका नेता विन्स्टन पिटर्सको चर्को आलोचना गरेको थियो । एनजेड फर्स्टले नेसनलको साथ दिने सम्भावना बढी रहेको छ तर यस्मा पनि शंका देखिन्छ किनकी एनजेड फर्स्ट पार्टीका नेता विन्स्टन पिटर्स कुनै बेला नेसनल पार्टी मै आबद्द थिए । पिटर्स नेसनलबाट अलग भनेर आफ्नै पार्टी खोलेका थिए । यि सबका बाबजुत न्युजहबका अनुसार नेसनल , एक्ट र एनजेड फर्स्ट पार्टी मिलेर ६३ सिट सहित नयाँ सरकार बनाउन सक्ने छन् ।