३०% मत गणना हुँदा कुन पार्टी अगाडि ?

269 Shares

न्युजिल्याण्डमा सम्पन्न निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । हाल सम्म ३० % मत गणना भईसकेको छ जसमा नेसनलले सुरुवाती अग्रता कायम राखेको छ । पार्टी भोट तर्फ नेसनलले ४२.११ % मत पाएको छ । त्यस्तै लेबरले २५.६७ , ग्रिनले १०.२६, एक्टले ९.२३ ,एन्जेड फर्स्टले ५.९७ र माओरी पार्टीले २.५३ मत प्राप्त गरेको छ । सिट तर्फ पनि नेसनल नै अगाडि रहेको छ । निर्वाचन क्षेत्रको मत गणना पनि जारी रहेको छ । ३० % मत गन्दा नेसनल ५३ सिटमा अगाडि रहेको छ । त्यस्तै लेबर ३२ सिटमा अगाडि रहेको छ । ग्रिन पार्टी १३ सिटमा, एक्ट पार्टी १२ सिटमा, एन्जेड फर्स्ट ७ सिटमा र माओरी पार्टी ६ मा अग्र स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

सबै