कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए । कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए ।


