न्युजिल्याण्डका १२३ नयाँ सांसदले लिए सपथ, नेसनल पार्टीका गेरी सभामुख निर्वाचित

324 Shares

न्युजिल्याण्डको ५४ औं संसदका १२३ सांसदले आज पदको सपथ लिएका छन् । संसदको पहिलो बैठकमा आज गत अक्टोबरमा भएको आमनिर्वाचनमा निर्वाचित १२३ सांसदले सांसद पदको सपथ लिएका हुन् । त्यस्तै आगामी ३ वर्षको लागि न्युजिल्याण्डको संसदले नेसनल पार्टीका गेरी ब्राउनलीलाई सभामुख चुनेको छ । गेरीको एक मात्र उमेद्ववारी परेपछि उनी निर्बिरोध सभामुख पदमा निर्वाचित भएका हुन् । सपथ ग्रहण पछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले संसदमा सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार

सबै