निर्वाचन आयोग भन्छ, ‘विदेशमा बस्ने नेपालीले भोट दिन पाउँछन्’

372 Shares

निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरूले पनि मतदान गर्न पाउने बताएको छ । आयोगले यसका लागि गृहमन्त्रालयमा विधेयकको मस्यौदा पठाइसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो विषय संसदमा पेस नभई गृह मन्त्रालयमै थन्किरहेको छ । संसदमा पेस भएपछि यसमा छलफल हुने थपलिया बताउँछन् । २०८४को चुनावमा विदेशमा रहेका नेपालीले भोट दिन पाउने व्यवस्था गरिछाड्ने उनको भनाइ छ । २०८४को चुनावमा विदेशमा रहेका नेपालीले भोट दिन पाउने व्यवस्था गरिछाड्ने निर्वाचन आयोगको दाबी छ थपलिया खबरहबसँग भन्छन्, ‘अहिले छलफल भइरहेको छ । मेरो नेतृत्वमा रहेको निर्वाचन आयोगको टोलीले एक साता अगाडि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यसको प्रक्रिया अगाडि अघि बढाउनका लागि भनेको थियो । उहाँले प्रक्रिया अगाडि बढाइरहेको तर एक–दुईवटा विषयमा जटिलता रहेकाले कसरी मिलाउने भन्नेमा सरकार पक्ष र आयोगको टोली बसेर छलफल गरौँ भन्नुभएको छ । हामी छलफल गर्न तयार छौँ ।’ पहिले निर्वाचन आयोगसँग एक चरण छलफल गरेर मात्र विधेयकमाथि संसदमा छलफल हुने गृहमन्त्रीबाट आश्वासन प्राप्त भएको आयोगले जनाएको छ । थपलिया २०८४ को निर्वाचनमा विदेशमा रहेका नेपाली आफ्नो मताधिकारबाट वञ्चित हुनु नपर्ने दाबी गर्छन् ।

सम्बन्धित समाचार

सबै