सवारी साधनका लागि स्पिड लिमिट बढाउदै सरकार

442 Shares

न्युजिल्याण्ड सरकारले सडकमा सवारी साधनका लागि स्पिड लिमिट अर्थात गति सिमित परिमार्जन गर्ने भएको छ । नयाँ सरकारको निर्णय अनुसार बिभिन्न सडक खण्डमा स्पिड लिमिट बढाईने भएको हो । जसअनुसार नयाँ स्टेट हाईवेमा स्पिड लिमिट १०० किलोमिटर प्रतिघन्टा बढाएर ११० किलोमिटर प्रतिघन्टा बनाईएको छ । अन्य स्टेट हाईवेमा स्पिड लिमिट ८० बाट १०० बनाईएको छ । त्यस्तै लोकल सडकमा स्पिड लिमिट ३० बाट ५० पुर्याईएको छ । लेबर सरकारले देशलाई सुस्त गतिमा अघि बढाउन स्पिड लिमिट पनि घटाएको भन्दै नेसनल सरकारले यस्तो निर्णय लिएको प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बताएका छन् ।

सम्बन्धित समाचार

सबै