392
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन एकदिनको लागि अष्ट्रेलिया गएका छन् । उनी आफ्नो छोरी ओलिभियाको ग्र्याजुएसनमा सहभागी हुन मंगलबार मेल्बर्न गएका हुन् । प्रधानमन्त्रीको यो भ्रमणलाई अनौपचारिक भ्रमण भनिएको छ र उनले कुनै पनि राजनीतिक तथा औपचारिक कार्यक्रममा सहभागी नहुने बताईएको छ । मेल्बर्न जानु अघि प्रधानमन्त्रीले आफ्नो लागि परिवार निकै महत्वपूर्ण रहेको बताएका थिए । छोरीको बिशेष दिनमा आफु सहभागी हुन्न भन्ने छुट नरहेको बताउदै आफु मेल्बर्न जान लागेको कुरा प्रधानमन्त्रीले जानकारी गराएका थिए । प्रधानमन्त्रीकी छोरी ओलिभिया मेल्बर्न विश्व बिद्यालयमा ब्याचलर अफ आर्ट्स पढ्दै थिईन् । लक्सन बुधबार न्युजिल्याण्ड फर्किदै छन् ।