न्युजिल्याण्डमा कस्तो छ कोभिड-१९ को अवस्था ? हेर्नुहोस् पछिल्लो अपडेट

1.3K Shares

सन् २०२० बाट सुरु भएको कोभिड १९ महामारी अहिले पनि सकृय अवस्थामा रहेको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना महामारी अन्त्य भएको घोषणा गरेता पनि विश्वका बिभिन्न देशमा दैनिक रुपमा नयाँ संक्रमित थपिने क्रममा रहेका छन् । संक्रमण दर घटेपनि कोरोनालाई हल्का रुपमा भने लिन नहुने बिज्ञहरु बताउछन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको न्युजिल्याण्डमा हालको अवस्था कस्तो छ त यसबारेमा आज हामी चर्चा गर्दै छौ ।

५० लाख हाराहारी जनसंख्या भएको न्युजिल्याण्डमा कोरोनाको संक्रमण ५० % भन्दा बढीलाई भईसकेको छ । न्युजिल्याण्डमा कुल कोरोना संक्रमितको संख्या २५ लाख ३३ हजार ५५२ पुगेको छ ।  जसमध्ये २५ लाख २२ हजार ३९६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय २३ रहेको छ ।

पछिल्लो एक साता न्युजिल्याण्डमा ७ हजार ४ सय १७ जनामा संक्रमण देखिएको छ । त्यस्तै एक सातामा कोरोनाको कारण २७ जनाको मृत्‍यु भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिने गरेको बताएको छ । जसमध्ये अधिकाशं पुन: सक्रमित भएका रहेका छन् । कुल संक्रमित २५ लाख ३३ हजार ५५२ मा ३ लाखलाई पुन: संक्रमण भएको मन्त्रालयले उल्लेख गरेको छ ।

 

कुल संक्रमित: २५३३५५२
कुल मृत्‍यु: ३६२३
पुन: संक्रमित: ३००२७७

पछिल्लो एक सातामा थपिएका नयाँ संक्रमित: ७४१७
पछिल्लो एक सातामा मृत्‍यु भएका: २७

सम्बन्धित समाचार

सबै