न्युजिल्याण्डमा गर्मी बढ्दै, दैनिक कति पुग्छ अधिकतम तापक्रम ? (मौसम विवरण सहित ) – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा गर्मी बढ्दै, दैनिक कति पुग्छ अधिकतम तापक्रम ? (मौसम विवरण सहित )

   December 27, 2023  

न्युजिल्याण्डका बिभिन्न शहरहरुमा गर्मी बढ्न थालेको छ । बिशेषगरि नर्थ आईल्याण्डको बिभिन्न शहरमा तापक्रम बढ्न थालेको हो । नर्थ आईल्याण्डको ह्यामिल्टन, तउरङा, रोतोरुवा मा आज बुधबार धेरै गर्मी महसुस गरिएको थियो । यि ३ शहरमा आजको अधिकतम तापक्रम २७ डिग्री सम्म पुगेको थियो । त्यस्तै नर्थ कै अकल्याण्डमा २५ डिग्री, गिस्बोर्नमा २३ डिग्री, न्यु प्लाईमाउथमा २३ डिग्री, ताउपोमा २५ डिग्री, नेपियरमा २३ डिग्री, पाल्मेर्सन नर्थमा २२ डिग्री र राजधानी वेलिङ्टनमा १७ डिग्रीसम्मा अघिकतम तापक्रम महसुस गरिएको थियो ।

उता साउथका शहरहरुमा तापक्रम बढ्ने क्रममा रहेको मेटसर्भिसले जनाएको छ । साउथको नेल्सनमा आज दिउसोको अधिकतम तापक्रम २२ डिग्री, क्राईसचर्चामा १८ डिग्री, कुईन्सटाउनमा २४ डिग्री, डुनेडिनमा १४ डिग्री र ईन्भरकार्गिलमा १७ डिग्री सम्म पुगेको थियो । साउथका क्षेत्रमा त्यती गर्मी महसुस नभएपनी नर्थमा उत्तरी भुभागमा भने गर्मी महसुस हुन थालेको छ । न्युजिल्याण्डमा डिसेम्बर देखि फेब्रुअरी सम्मलाई गर्मी महिनाको रुपमा लिने गरिन्छ ।