न्युजिल्याण्डबाट फर्केर हेर्दा २०२३: प्राकृतिक बिपद देखि सत्ता परिवर्तन सम्म !

415 Shares

नयाँ वर्षको पुर्व सन्ध्यामा आज हामी २०२३ को अन्तिम दिनमा छौ । आजको दिनमा हामी न्युजिल्याण्डको लागि सन् २०२३ कस्तो रह्यो त यसबारेमा चर्चा गर्दै छौ ।

हरेक वर्ष झै २०२३ पनि न्युजिल्याण्डको लागि बिशेष बन्न पुग्यो । २०२३ को सुरुवात मै तत्कालिन प्रधानमन्त्री जसिन्डा आर्डेनले सबैलाई चकित पार्दै अचानक पदबाट राजिनामा दिने घोषणा गरिन् । यसबाट न्युजिल्याण्डको राजनीतिक क्षेत्र तरङित बन्यो र संसदको अवधी ८ महिना रहदै प्रधानमन्त्रीको राजिनामाले देशलाई नयाँ मोडमा पुर्यायो । त्यस्पछि देशको नयाँ प्रधानमन्त्रीको रुपमा क्रिस हिप्किन्स सत्तामा आए ।

हिप्किन्सको कार्यकालको सुरुवातमा नै देशको नर्थ आईल्याण्डमा बढीका कारण ठुलो क्षति भयो । त्यस्तै चक्रवात गेब्रियलले पनि देशको बिभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति भयो । यस चक्रवातलाई १०० वर्ष कै खतरनाक आधीको रुपमा लिईेएको थियो । यस् बिपदबाट ११ जनाले ज्यान गुमाउनु परेको थियो ।यो वर्षको सुरुवात देखि साउथ आईल्याण्डको क्राइसचर्च बाट दुबई सम्म ईमिरेट्सले सिधा हवाई उडान पुन: सुरु गरेको छ । त्यस्तै अकल्याण्डबाट बाली सिधा हवाई उडान पनि ३ वर्ष पछि पुन: सुचारु भएको छ ।

यसै वर्ष न्युजिल्याण्डका बैकहरुले वर्षको ३६५ दिन नै बैक भुक्तानी दिन सुरु गरेको छ । यसअघि शनिबार, आईतबार र सार्वजनिक बिदाका दिन बैक भुक्तानी हुने गरेको थिएन ।

सरकारले यो वर्ष पनि न्युनतम ज्याला अर्थात बढाएर २२.७० बनायो । त्यस्तै अष्ट्रेलियन सरकारल्र अष्ट्रेलियामा बसोबास गर्ने न्युजिल्याण्डका नागरिकलाई खुशीको खबर ल्यायो । ४ वर्ष देखि अष्ट्रेलियामा बसेर काम गर्ने सबै न्युजिल्याण्ड नागरिकलाई अष्ट्रेलियाको नागरिकता दिने सरकारको घोषणा थियो ।

यता राजधानी वेलिङ्टनको एक लजमा आगलागी हुँदा ५ जनाले ज्यान गुमाउनु पर्‍यो । त्यस्तै अकल्याण्डमा गोलीबारी हुँदा बन्दुकधारी एक जना सहित ३ जनाको ज्यान गयो ।

अप्रिलमा न्युजिल्याण्डमा आर्थिक मन्दीको घोषणा गरियो । कोरोना महामारी, प्राकृतिक बिपदका कारण देश आर्थिक संकटमा गयो ।

न्युजिल्याण्डको ५० % भन्दा बढी मानिस कोरोना बाट संक्रमित हुन पुगे ।

विश्व कै बस्न योग्य १० शहरहरुको सुचीमा अकल्याण्ड शहर पनि पर्‍यो ।

सुपरमार्केट वेयरहाउसले आफ्नो स्टोरमा अब फलफुल तथा तरकारी पनि बिक्री गर्ने घोषणा गर्‍यो । उता अर्को सुपरमार्केट काउटडाउनले यो वर्ष रिब्राण्डिङ गर्ने घोषणा गर्‍यो । न्युजिल्याण्डमा रहेको १९० भन्दा बढी स्टोरको नाम Wool Worths मा परिवर्तन गरियो ।

आमनिर्वाचन नजिकिदै गर्दा प्रधानमन्त्री क्रिस हिप्किन्सका मन्त्रीहरुको नाम एक पछि अर्को काण्डमा मुछिदै गयो जस्ले गर्दा लेबर सरकारको लोकप्रियता घट्न थालयो ।

महिला विश्वकप फूटबलको आयोजना न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा यसै वर्ष गरे ।

कोरोना नियन्त्रणका लागि लगाईएका सबै नियम हटाईयो ।

वर्षको अन्त्य तिर न्युजिल्याण्डमा आम निर्वाचन सम्पन्न भयो । नयाँ निर्वाचनले नयाँ जनादेश दियो र नेसनल पार्टी ४९ सिट जित्दै देशको ठुलो पार्टी बन्न पुग्यो । अर्का दुई पार्टी एक्ट र एनजेड फर्स्टको सहयोगमा नयाँ सरकार गठन भयो र नेसनलका नेता क्रिस्टोफर लक्सन देशको ४२ औ प्रधानमन्त्री नियुक्त भए ।

 

 

 

सम्बन्धित समाचार

सबै