न्युजिल्याण्डबाटै नेपाली पासपोर्ट नविकरण गर्न मिल्ने

1.6K Shares

अष्ट्रेलियास्थित नेपाली दुतावासले न्युजिल्याण्डमा रहेका नेपालीहरुका लागि पासपोर्ट नविकरण लागि घुम्ती सेवा दिने भएको छ । न्युजिल्याण्ड स्थित नेपाली वाणिज्य दुतको कार्यालयले दिएको जानकारी अनुसार न्युजिल्याण्डका ३ शहरमा आउदो फेब्रुअरीको पहिलो सातामा पासपोर्ट नविकरण सेवा दिन अष्ट्रेलियास्थित दुतावासले एक टोलीलाई न्युजिल्याण्ड पठाउदै छ । यो सेवा जनवरी २०२५ अघि पासपोर्टको म्याद सकिने नेपालीहरु लिन सक्ने छन् । त्यसका लागि कार्यालयले आफ्नो नाम र पायक पर्ने स्थानको नाम टिपाउन अनुरोध गरेको छ । त्यस्तै टिपाईएको नामको आधारमा ईमेल मार्फत पासपोर्ट नविकरणका लागि आवेदन, बायोमेट्रिकका लागि मिती समय र स्थान, र् आवेदन शुल्क बारे जानकारी दिईने बताईएको छ ।

यदी तपाईंहरुको पासपोर्टको म्याद जनवरी ३१ २०२५ अघि सकिदै छ भने र न्युजिल्याण्ड बाटै पासपोर्ट रिन्यु गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरेर  फारम फर्न सक्नु हुनेछ ।

सम्बन्धित समाचार

सबै