513
Shares
न्युजिल्याण्डमा पानीमा डुबेर सन् २०२३ मा ९० जनाले ज्यान गुमाएका छन् । वाटर सेफ्टी न्युजिल्याण्डका अनुसार गत वर्ष ७४ जना पुरुषको पानीमा डुबेर मृत्यु भएको छ जसमध्य ५८ % ४५ वर्ष भन्दा बढी उमेरका पुरुष रहेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा कम हो । सन् २०२२ मा ९४ जनाको डुबेर ज्यान गएको थियो । त्यस्तै सन् २०२१ मा पनि ९० जनाको पानीमा डुबेर मृत्यु भएको थियो । सन् २०२३ मा ज्यान गुमाउनेहरुमा केही बाढीको सिकार पनि भएका छन् । त्यस्तै केहीको पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको बताईएको छ । न्युजिल्याण्डमा प्रत्यक एक लाख मानिसमा १ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । वाटर सेफ्टीले समुन्द्री तट र पानीमा खेल्न जादाँ सजक हुनु पर्ने बताएको छ ।