अमेरिकी समाचारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका गन्तव्यको सूचीमा न्युजिल्याण्ड चौथो नम्बरमा परेको छ । त्यस्तै उक्त सुचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।
न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा न्युजिल्याण्डको सुन्दरतालाई अवलोकन गर्न रेल मार्गको प्रयोग गर्न सुझाईएको छ । अकल्याण्डबाट सुरु हुने पहिलो चरणको रेल यात्रा राजधानी वेलिङ्टनसम्म हुने छ । त्यसपछि फेरीको प्रयोग बाट वेलिङटनबाट साउथ आईल्याण्डको पिक्टनसम्मको यात्रा गर्न सकिने छ । पिक्टनबाट क्राईसचर्चासम्म पुन: दोस्रो चरणको रेल यात्रा प्रारम्भ हुने छ । क्राईसचर्च बाट ग्रेमाउथ सम्म अर्को यात्रा हुने छ भने ग्रेमाउथबाट कुईन्सटाउनसम्म सिनिक कोच मार्फत यात्रा गर्न सकिने छ ।

त्यस्तै नेपालको मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वणर्न गर्दै नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।


