यि हुन् न्युजिल्याण्डमा सबैभन्दा बढी चोरी हुने १० कार – New Zealand News Nepal (NZ News Nepal)

यि हुन् न्युजिल्याण्डमा सबैभन्दा बढी चोरी हुने १० कार

- न्युजिल्याण्डमा वर्षेनी १७ हजार कार चोरी
   January 22, 2024  

न्युजिल्याण्डको ईन्सुरेन्स कम्पनी एएमआईले देशभर धेरै चोरी हुने १० कारको नाम सार्वजनिक गरेको छ ।
न्युजिल्याण्डमा सवारी साधन चोरी हुने कुरा लगभग सामान्य जस्तै बनेको छ । ईन्सुरेन्स कम्पनीमा कार चोरी भएको दावी गर्ने संख्याको आधारमा न्युजिल्याण्डमा सबैभन्दा बढी चोरी हुने कारको नाम सार्वजनिक गरेको हो । एएमआईका अनुसार न्युजिल्याण्डमा वर्षेनी १७ हजार बढी कार चोरी हुने गरेको छ । राती १० बजे देखि बिहान ५ बजे सम्मको समयमा बढी कार चोरी हुने गरेको पाईएको छ ।

यि हुन् न्युजिल्याण्डमा सबैभन्दा बढी चोरी हुने १० कार:

  1. Toyota Aqua
  2. Nissan Tiida
  3. Toyota Corolla
  4. Mazda Demio
  5. Mazda Atenza
  6. Toyta Mark X
  7. Toyota Vitz
  8. Subaru Impreza
  9. Subaru Legacy
  10. Toyota Hilux