अस्ट्रेलियामा सन् २००५ पछिकै कम भिसा स्वीकृत

413 Shares

पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ।

सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको छ।

आर्थिक वर्ष २०२२-०२३ मा ८६ प्रतिशत र २०२१-०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो।

यो २००५-२००६ पछिकै कम स्वीकृत भएको हो।

यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो। २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो।

सम्बन्धित समाचार

सबै