प्राधामन्त्री क्रिस्टोफर लक्सन विबादमा मुछिएका छन् । उनले हालै आफ्नो आवास भत्ता स्वरुप ५२ हजार डलर दावी गरेपछि उनको चौतर्फी बिरोध भएको छ । प्रधानमन्त्री लक्सनको आफ्नै घर वेलिङ्टनमा छ जुन बिना धितो उनले खरिद गरेका थिए । न्युजिल्याण्डको प्रधानमन्त्रीको तलब वर्षको ४ लाख ७१ हजार डलर रहेको त्यसमा ५२ हजार थप गर्ने प्रधानमन्त्री तयारी रहेको कुरा बाहिएको थियो । प्रधानमन्त्रीको लागि सरकारी आवास प्रिमियर हाउसको पनि व्यवस्था छ तर लक्सन आफ्नै घरमा बसिरहेका छन् । प्रधानमन्त्रीले के आधारमा यो रकम दावी गरेका हुन् त्यो भने बुझ्न सकिएको छैन ।
न्युजिल्याण्डको ईतिहासमा ३४ वर्ष पछि कुनै प्रधानमन्त्री यती ठुलो रकम भत्ता स्वरुप माग गरेका हुन् ।प्रधानमन्त्रीको यो कदम को चौतर्फी बिरोध भए पछि उनले तत्काल सो रकम नकिने र लिईसकेको १३ हजार डलर पनि फिर्ता गर्ने बताएका छन् ।