नेपाली राजनितीमा उथलपुथल, प्रचण्डले भत्काए कांग्रेससँगको गठबन्धन, एमाले सँग मिलेर नयाँ सरकार बन्दै – New Zealand News Nepal (NZ News Nepal)

नेपाली राजनितीमा उथलपुथल, प्रचण्डले भत्काए कांग्रेससँगको गठबन्धन, एमाले सँग मिलेर नयाँ सरकार बन्दै

   March 4, 2024  

काठमाडौं– चार दलको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । 

आज बसेको एमाले सचिवालय बैठकमा नयाँ सरकार बनाउने निर्णय गरिएको बैठकमा उपस्थित शीर्ष नेताले बताए ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, र जसपा पनि नयाँ सरकार बनाउन तयार भएको बताएका छन् । 

एमाले, माओवादी, रास्वपा र जसपा मिलेर आज नै सानो आकारको चार दलको मन्त्रपरिषद् बनाइने भएको छ । 

राजनीतिक मुद्रा टुङ्गिने भए वर्तमान गठबन्धन तोड्दा उपयुक्त हुने भएकाले नयाँ गठबन्धन बन्न लागेको  माओवादी पदाधिकारीले बताए । 

यस्तै जसपा र रास्वपावाले पनि नयाँ सरकार बन्न लागेको पुष्टि गरे ।

एमाले सचिवालयका एक नेताका अनुसार प्रचण्डलाई नै नेतृत्व मानेर जाने सहमति भएको हो । ती नेताले भने, ‘अहिले प्रचण्ड जीलाई नै नेतृत्व मानेर जाने कुरामा बैठकमा सहमति भएको छ ।’

बाकी पावर सेरिङको विषयमा सबै पार्टीको निर्णय आएपछि बसेर छलफल हुने छ ।