आज अन्तराष्ट्रिय महिला दिवस । न्युजिल्याण्डको राजनीति र सामाजिक क्षेत्रमा सम्झना लायक नाम हो जसिन्डा आर्डेन । आज को बिशेष दिनमा हामी जसिन्डाको राजनितिक र निजी जीवनबारे केही कुरा गर्ने छौ ।
सन् १९८० जुलाई २६ तारिकका दिन ह्यामिल्टनमा जन्मेकी जसिन्डा आर्डेन १७ वर्षको उमेरमा नै लेबर पार्टी प्रवेश गरेकी थिईन् । सन् १९९९ मा उनले लेबर पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिईन् । उनी सन् २००५ मा २ वर्षका लागि बेलायत गईन् । सो क्रममा उनले तत्कालिन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरको लण्डन स्थित कार्यालयमा काम समेत गरिन् ।
जसिन्डाको संसदिय यात्रा भने सन् २००८ बाट सुरु भएको थियो। मार्च ८ सन् २००८ मा उनी सांसदको रुपमा नियुक्त भएकी थिईन् । त्यो बेला उनलाई लेबर पार्टीले समानुपातिक सुचीबाट सांसद बनाएको थियो । सन् २०१७ मा भने उनी आँफै चुनाव लडेर माउन्ट अल्बर्ट निर्वाचन क्षेत्रबाट निर्वाचित बनेकी थिईन् । मार्चमा उनलाई लेबर पार्टीले दलको उपनेतामा चुनेको थियो । तत्कालिन दलको नेता एन्ड्रिउ लिटिलले राजिनामा दिएपछि जसिन्डा लेबर पार्टीको दलको नेता बनेकी थिईन् ।
सन् २०१७ अक्टोबरमा जसिन्डा देशको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएकी थिईन् । त्यो बेला उनलाई न्युजिल्याण्ड फर्स्टका ९ र ग्रिन पार्टीका ८ सांसदले समर्थन गरेका थिए । लेबरले सन् २०१७ मा ४६ सिट मात्र पाएको थियो । अन्य दुई दलका १७ सांसदको समर्थन पाएर जसिन्डा प्रधानमन्त्री बनेकी थिईन् ।
उनको पहिलो कार्यकाल भने सन् २०२० मा सकिएको थियो । तर लेबर पार्टी एक्लैले सन् २०२० मा बहुमत ल्याए पछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिईन् । उनलाई दोस्रो पटकको प्रधानमन्त्री बनाउन ग्रिन पार्टीले समर्थन गरेको थियो ।
दोस्रो कार्यक्राल सकिन ८ महिना बाँकी रहदै प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेकी थिईन । उनको साढे ५ वर्षको कार्यकाल भने त्यती सजिलो थिएन । क्राईसचर्चमा भएको आतंकी हमला, देशमा बढिरहेको अपराधीक कृयाकलाप, कोभिड १९ मा खेलेको भूमिका, आप्रवासीहरुका लागि ल्याएको स्थाइ बसोबास सेवा, बैदेशिक निती लगायतका क्षेत्रमा जसिन्डाको कार्यकाल सम्झना लायक रहेको थियो ।
राजिनामा दिएसगैँ उनी राजनितीबाट टाढा भएकी छन् । न्युजिल्याण्डकी पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेन अहिले अमेरिकाको बोस्टनमा छिन् । न्युजिल्याण्डको प्रधानमन्त्री पदबाट २०२३को जनवरीमा राजिनामा दिएपछि उनी राजनितीमा आफु सकृय नहुने र पुन: निर्वाचन नलड्ने निर्णय गर्दै देशको कार्यकारी पदबाट बाहिरिएकी थिईन् । त्यसपछि उनी के गर्छिन भन्ने सबैलाई चासो रहेको थियो ।
हाल उनी अमेरिकामा छिन् । बोस्टन स्थित हार्वर्ड युनिभर्सिटीमा उनी बिशेष अध्ययन तथा रिसर्च गर्दै छिन् । उनले त्यहाँ तीनवटा फेलोशिपहरूमा काम गरिरहेकी छिन् । हाल उनले हार्वर्ड केनेडी स्कूलमा दुईवटा नेतृत्व फेलोशिपमा र बर्कम्यान क्लेन सेन्टर फर इन्टरनेट एण्ड सोसाइटीको फेलोशिप काम गरिरहेकी छिन् । गत अगस्त बाट सुरु भएको फेलोशिपको काम २०२४ अगस्त सम्म हुने छ ।
त्यसका अलावा जसिन्डाले किताब लेख्दै छिन् । उनले लिडरसिपसँग सम्बन्धित किताब लेख्दै छिन् । उनले आफुले आफ्नो प्रधानमन्त्री कालमा भोगेका चुनौती र त्यस्लाई सामाना गर्न आफुले चलेका कदमहरुको सन्दर्भमा किताब लेख्दै गरेको कुरा जानकारी गराएकी थिईन् । अमेरिकाको चर्चित टि.भी कार्यक्रम गूड मर्निङ अमेरिकामा छोटो अन्तर्वाता दिदै आर्डेनले आफुले किताब लेखाई काम पनि फेलोशिप सँगै अगाडि बढाएको बताएकी छिन् । आफुले अमेरिकामा हुँदा न्युजिल्याण्डमा मानिसलाई धेरै मिस गर्ने गरेको कुरा पनि बताएकी थिईन ।
सन् २०१७ मा पहिलो पटक न्युजिल्याण्डको प्रधानमन्त्री बन्दा आर्डेन ३७ वर्षकी थिईन्। उनी विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिईन् । प्रधानमन्त्री हुँदै बच्चालाई जन्म दिनु , कोरोना कालमा देशलाई कोरोना मुक्त बनाउन सफल हुनु, लगायतका बिभिन्न कार्यका कारण आर्डेन विश्वमाझ प्रशंसाको पात्र बनेकी थिईन । ५ वर्ष प्रधानमन्त्री पदमा बसेपछि उन्ले आफु अब थाकेको भन्दै गत जनवरीमा प्रधानमन्त्री पदबाट राजिनामा दिएकी थिईन् । उनले आफु फेरी राजनितीमा नआउने कुरा पनि स्पष्ट पारेकी थिईन् ।
पुर्व प्रधानमन्त्री आर्डेनले गत जनवरीमा विवाह गरेकी छिन् । उनले आफ्ना पार्ट्नर क्लार्क गेफोर्डसँग विवाह गरेकी हुन् । सन् २०१९ मा ईगेँजमेन्ट गरेका यि जोडीले सन् २०२२ मा नै बिहे गर्ने घोषणा गरेका थिए । तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे सँगै उनिहरुले बिहे स्थगित गरेका थिए । सन् २०१४ देखि प्रेम सम्बन्धमा रहेका यि दुई बिच नर्थ आईल्याण्डको हक्स बेमा विवाह भएको हो ।
उनिहरुको ५ वर्षकी छोरी छिन् । ४३ वर्षकी जसिन्डाले ४७ वर्षका आफ्ना पार्टनर गेफोर्ड सँग बिवाह गरेकी हुन् ।