न्युजिल्याण्डबाटै नेपाली पासपोर्ट बनाउनेहरुको नयाँ पासपोर्ट घर मै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डबाटै नेपाली पासपोर्ट बनाउनेहरुको नयाँ पासपोर्ट घर मै

   March 13, 2024  

न्युजिल्याण्डको क्राईसचर्चमा गत फेब्रुअरी २ देखि ५ सम्म नेपाली पासपोर्ट बनाउन दिने नेपालीहरुको पासपोर्ट घरघरमै पुग्ने भएको छ । क्राईसचर्चमा बायोमेट्रिक गरेका करिब २०० जनाको पासपोर्ट तयार भएको र एनजेड पोस्ट मार्फत सम्बन्धित व्यक्तीको घर मै पठाईएको न्युजिल्याण्डस्थित अवैतानिक नेपाली बाणिज्य दुत आत्माराम खनालले जानकारी दिनु भएको छ । खनालका अनुसार बाँकी रहेका राहदानी पनि केही हफ्ता भित्र तयारी भएर सम्बन्धितको घरको ठेगानामा पुग्ने भएको छ । उता नर्थ आईल्याण्डको तउरङा केन्द्रबाट पासपोर्ट बनाउन बायोमेट्रिक गर्नेहरुले दुई सातामा नयाँ पासपोर्ट हातपार्ने खनालले बताउनु भएको छ । अवैतानिक नेपाली बाणिज्य दुतावासको तर्फबाट सुचना जारी गर्दै खनालले नयाँ पासपोर्ट घरमै पुग्ने बताउनु भएको हो ।