सुरेन्द्रको शव नेपाल पठाउन १४ लाख रुपैँया लाग्ने, सहयोग संकलन सुरु – New Zealand News Nepal (NZ News Nepal)

सुरेन्द्रको शव नेपाल पठाउन १४ लाख रुपैँया लाग्ने, सहयोग संकलन सुरु

   March 27, 2024  

गत शुक्रबार दुर्घटना परि ज्यान गुमाएका सुरेन्द्र सर्वरियाको शव नेपाल पठाउन पहल सुरु भएको छ । गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले आज एक सुचना जारी गर्दै मृतकको शव नेपाल पठाउने तयारी सुरु गरेको हो । यस्कालागी करिब १८ हजार न्युजिल्याण्ड डलर (१४ लाख नेपाली रुपैँया)  लाग्ने र मृतकका परिवारको आर्थिक अवस्था नाजुक भएकाले संघले सहयोग संकलन सुरु गरेको छ । न्युजिल्याण्डस्थित नेपाली वाणिज्यदुत आत्माराम खनालका अनुसार हाल सुरेन्द्रको शव डुनेडिन अस्पतालमा रहेको छ । शव नेपाल पठाउन सहज होस् भनेर गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले न्युजिल्याण्डमा रहेका नेपालीलाई सहयोग गर्न अपिल समेत गरेको छ ।

सन् २०२२ नोभेम्बरमा न्युजिल्याण्ड आएका धनुषाका सुरेन्द्र बिगत ९ महिना देखि ओमारुस्थित एक डेरी फार्ममा कार्यरत थिए । कामकै शिलशिलामा उनको गत शुक्रबार सडक दुर्घटनामा निधन भएको थियो ।

सहयोगको लागि:

Account Number: 12-3066-0148917-04

Welfare Account NRNA-NZ

Reference: Surendra