558
Shares
न्युजिल्याण्ड स्थित नर्थ आईल्याण्डको रोतोरुवामा रहेको काउन्टडाउन सुपरमार्केट बन्द हुने भएको छ । आगामी महिनाबाट सेन्ट्रल मलमा रहेको सुपरमार्केट बन्द हुन लागेको हो । भाडामा रहेको स्टोरको म्याद सकिएकाले अब नयाँ म्याद रिन्यु नगरिने उलवर्थ न्युजिल्याण्डले जनाएको छ । काउन्टडाउन लाई उलवर्थ बनाउन लागिएको प्रसँगप्रती ईन्कार गर्दै रोतोरुवाको स्टोरलाई तत्काल रिब्राण्डिङ नगरिने बताईएको छ । तर भविष्यमा अन्य कुनै स्थानमा स्टोर बिस्तार गर्ने योजना भने उलवर्थ न्युजिल्याण्डले राखेको छ ।