1K
Shares
महजात्रा कार्यक्रम अन्तर्गत बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित बिभिन्न कलाकारहरु न्युजिल्याण्ड आईपुगेका छन् ।
मह जोडीका अलावा गायिका कुन्ती मोक्तान, संगितकार शिलाबहादुर मोक्तान, कलाकार किरण केसी, नरेन्द्र कंसाकार लगायतको टोली बिहीबार राती अकल्याण्ड आईपुगेका हुन् ।
अकल्याण्डमा जुन १५ शनिबार महजात्रा आयोजना हुँदै छ । त्यस्तै अर्को शनिबार जुन २२ का दिन साउथ आईल्याण्डको क्राइसचर्चमा कार्यक्रम आयोजना हुँदै छ ।
२५ मेबाट अष्ट्रेलियाको पर्थबाट सुरु भएको महजात्रा कार्यक्रम ८ जुनका दिन मेलबर्नमा सम्पन्न भएको थियो । अष्ट्रेलिया टुर सकेर कलाकारहरु मेलबर्नबाट सिधै अकल्याण्ड आएका हुन् ।