बिजुलीको पोल ढल्दा नर्थल्याण्डको अधिकांश क्षेत्रमा विद्युत आपुर्ती बन्द – New Zealand News Nepal (NZ News Nepal)

बिजुलीको पोल ढल्दा नर्थल्याण्डको अधिकांश क्षेत्रमा विद्युत आपुर्ती बन्द

   June 20, 2024  

बिजुलीको पोल ढल्दा न्युजिल्याण्डको नर्थ आईल्याण्डको नर्थ ल्याण्ड क्षेत्रमा विद्युत आपुर्ती बन्द भएको छ । बिहीवार बिहान नर्थल्याण्डमा रहेको एउटा ट्रान्सपावर पोल ढलेपछि सो क्षेत्रमा विद्युत आपुर्ती बन्द भएको हो ।

बिहानबाट करिब ३२ हजार घर विद्युत सेवाबाट प्रभावित भएका छन् । हाल बिजुलीको नयाँ पोल राख्ने काम भईरहेको छ पूर्ण रुपमा विद्युत आपुर्ती हुन शुक्रबार सम्म लाग्ने बताईएको छ । सो क्षेत्रमा रहेका स्थानियलाई बिजुलीको ब्याकअप राख्न आहवान गरिएको छ ।