न्युजिल्याण्डमा सन् २०२० बाट हरेक वर्ष हुँदै आएको फूटबल प्रतियोगिता एभरेष्ट कप यो वर्ष नहुने भएको छ ।
आउदो सेप्टेम्बरमा अकल्याण्डमा आयोजना हुने भनि मिती समेत सार्वजनिक गरिएको प्रतियोगिता अब हरेक दुई वर्षमा आयोजना गरिने एभरेष्ट कप व्यवस्थापन समितीले जनाएको छ । प्रतियोगिता दुई दुई वर्षमा आयोजना गर्ने निर्णय भए सँगै यो वर्षको एभरेष्ट कप स्थगित भएको हो ।
सन् २०२० बाट हुँदै आएको एभरेष्ट कप कोरोनाको महामारीका कारण सन् २०२१ मा भने आयोजना गरिएको थिएन । अब चौथो संस्करण सन् २०२५ मा आयोजना हुने बताईएको छ ।


