न्युजिल्याण्डमा कोरोनाको संक्रमणबाट निधन हुने मानिसको संख्या ३५ पुगेको छ । न्युजिल्याण्डमा पछिल्लो केही हफ्ता देखि कोरोना संक्रमणको संख्या ह्वातै बढेको छ । आज मात्र न्युजिल्याण्डमा २२२ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । हरेक दिनजसो न्युजिल्याण्डमा कोरोना संक्रमितको मृत्यु हुन थालेको हो । आज मात्र न्युजिल्याण्डमा २२२ जनामा संक्रमण देखिएको छ । आज थपिएका संक्रमितहरुमा १९७ जना अकल्याण्डका रहेका छन् । त्यस्तै वाईकतोमा २० जना, नर्थल्याण्डमा एक जना, वाईरारापामा दुई जना र ताउपोमा दुइजना संक्रमित थपिएको छ । कोरोना संक्रमित मध्य ९१ जनाको अस्पतालमा उपचार भईरहेको छ भने सात जना आईसियुमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नोभेम्बर महिनाको अन्त्यसम्म न्युजिल्याण्डमा दैनिक रुपमा २०० को हाराहारीमा कोरोनाको संक्रमित बढ्ने अनुमान गरिएको छ । हाल अकल्याण्ड र वाइकातोका केही भाग बाहेक न्युजिल्याण्डभर लेभल २ को लकडाउन लगाइएको छ । अकल्याण्ड र वाईकतोका केही भागमा भने अहिले लेभल ३ मा दोस्रो चरणको लकडाउन लगाइएको छ । कोरोनाको कारण न्युजिल्याण्डमा अकल्याण्ड सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । अकल्याण्डमा मात्र करिब २००० को संख्यामा कोरोनाका सकृय संक्रमित छन् ।


