बाक्लो हुस्सुका कारण अकल्याण्डमा सडक मार्ग र हवाई सेवा प्रभावित भएको हो । सोमबार बिहान बाट अकल्याण्डमा बाक्लो हुस्सु लागे पछि बिहानै बाट बिमानस्थलमा बिमान अवतरण र उडान प्रभावित भएको छ ।
अन्तराष्ट्रिय उडान संचालन भए पनि आन्तरिकमा भने यस्को प्रभाव परेको छ । हुस्सु कै कारण २६ उडान रद्द गरिएको छ भने १८ उडान डिले भएको अकल्याण्ड एयरपोर्टले जनाएको छ ।


