न्युजिल्याण्डमा अहिले मध्य जाडोको महिना छ । साउथ आईल्याण्डको हिमाली क्षेत्रमा बाक्लो हिमपात भईरहेको छ भने नर्थ आईल्याण्डमा बिभिन्न ठाउँमा चिसो अत्याधिक बढेको छ ।
जाडोको मौसममा न्युजिल्याण्डमा बस्नेहरुका लागि घुम्नको लागि जाने ठाउँ भनेकै हिउँ पर्ने ठाउँ हो । साउथ आईल्याण्डको केही शहरहरुमा जाडो महिनामा हिउँ पर्ने गर्दछ तर अन्य भागमा बस्ने हरुका लागि भने हिउँ खेल्न अग्ला हिमाल वा हिमाली क्षेत्र जानु पार्ने हुन्छ ।
आज हामी जाडो महिनामा हिउँ खेल्न जानै पर्ने न्युजिल्याण्डको १० ठाउँको बारेमा जानकारी गराउदै छौँ ।
यि क्षेत्र हिउँमा खेलिने खेलको लागि पनि प्रख्यात मानिन्छ । यि क्षेत्र न्युजिल्याण्डको टप १० स्की क्षेत्रमा पर्ने गर्दछन् ।












