करिब दुई वर्षको प्रतिबन्ध पछि न्युजिल्याण्डले अब आफ्नो सिमा खोल्ने भएको छ । विश्वभरी नै अधिकांश मानिसले कोरोना बिरुद्धको खोप लगाइसकेको र न्युजिल्याण्डलाई बाँकी विश्व सँग अलग गरेको धेरै समय भएकाले न्युजिल्याण्ड सरकारले अब आउदो वर्षको सुरुवात देखि नै देशको बोर्डर खोल्ने तयारी गरेको हो । २०२२ को जनवरी १७ देखि न्युजिल्याण्डका नागरिकले अष्ट्रेलियाबाट बिना क्वारेन्टाईन न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् । त्यस्तै फेब्रुअरी १४ बाट कोरोना बिरुद्धको पूर्ण खोप लाएका सबै नागरिकले न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् । अप्रिल ३० बाट भने ३ चरणमा विश्वभरका मानिस न्युजिल्याण्ड आउन पाउने छन् ।


