नेपाल सरकारले पछिल्लो एक वर्षमा एक हजार ४ सय ४६ जना नेपाली विद्यार्थीलाई न्युजिल्याण्डमा पढ्नको लागि अनुमती दिएको छ ।
सरकारले हालै सार्वजनिक गरिएको विबरण अनुसार एक हजार ४ सय ४६ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट न्युजिल्याण्ड पढ्नको लागि अनुमती मागेको अनुसार नो अब्जेक्सन लेटर एनओसी प्रदान गरिएको बताएको छ ।
मन्त्रालयबाट गत वर्ष करिब १ लाख १२ हजार २ सय ५६ विद्यार्थीले एनओसी लिएका थिए ।
अनुमती पत्र लिनेमा सबैभन्दा बढी जापान पढ्न जाने विद्यार्थी रहेका छन् । जापान पढ्न जान ३४ हजार ७ सय ३३ जनाले एनओसी लिएको मन्त्रालयले जनाएको छ ।
कुन देश जान कति विद्यार्थीले लिने वैदेशिक अध्ययन अनुमती पत्र



