न्युजिल्याण्डमा नेपाली दुतावास खोल्न माग राखेर गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले पर राष्ट्रमन्त्री आरजु राणा देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ।
न्युजिल्याण्डको लागि अति जरुरी भएको नेपाली दुतावास स्थापनाको लागि गैर-आवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर मन्त्री देउवालाई ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री देउवाले यस् बिषयमा आफु सकारात्मक रहेको र यसबारे पहल सुरु गर्ने बताएको गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसीले जानकारी दिनु भएको छ ।
यस अघि पनि न्युजिल्याण्डको तर्फबाट बारम्बार न्युजिल्याण्डमा दुतावास खोल्न पहल हुँदै आएको छ ।


