न्युजिल्याण्ड सरकारले देशमा फैलिएको कोरोना नियन्त्रणका लागि आगामी डिसेम्बर २ देखि ट्राफिक लाईट सिस्टम लागु गर्ने भएको छ । सरकारले ग्रीन, ओरेन्ज र रेड गरि तीन तरिकाबाट यो सिस्टमको प्रयोग गर्ने भएको छ । डिसेम्बर २ देखि न्युजिल्याण्डका केही भाग ओरेन्ज जोनमा जाने छ भने केही क्षेत्र रेड जोन मा जाने भएको छ । ग्रीन जोनमा भने अहिले सम्म कुनै स्थानलाई नराखिएको सरकारले जनाएको छ । हालको लागि रेड जोनमा अकल्याण्ड, नर्थल्याण्ड , ताउपो, रोतोरुवा, कावेराउ, फकताने, ओपोटिकी, ग्रिस्ब्रोन, वाइराउ, राङिटिकै, फङगानुइ र रुवापेहु लागि रखिएको छ भने नर्थ आईल्याण्डको बाँकी भाग र साउथ आईल्याण्ड का सबै भाग ओरेन्ज जोनमा राखिएको छ ।


