न्युजिल्याण्ड को प्रमुख बिपक्षी दल नेशलन पार्टीको नेतामा क्रिष्टोपर लुक्सोन चुनिएका छन् । ५१ वर्षिय लुक्सोन नेशनल पार्टीमा १५ औं नेताको रुपमा चुनिएका हुन् । निबर्तमान नेता जुदिथ कोलिन्स् बर्खास्त भएपछि नयाँ नेता को बन्ने भन्ने बारेमा चर्चा सुरु भएको थियो । अब २०२४ मा हुने आमा निर्वाचनमा लुक्सोन नेशलन पार्टीका तर्फबाट प्रधानमन्त्रीको उमेद्दवार हुने छन् ।


