३ दिने राजकिय भ्रमणका लागि हिजो राती न्युजिल्याण्ड आईपुगेकी भारतिय राष्ट्रपती दौप्रदी मुर्मुको राजधानी वेलिङ्टनमा स्वागत गरिएको छ ।
गभरमेन्ट हाउसमा आज बिशेष कार्यक्रमको बिच राष्ट्रपती मुर्मुलाई न्युजिल्याण्डकी राष्ट्रप्रमुख गभर्नर जनरल सिन्डी किरोले औपचारिक स्वागत गरेकी थिईन् ।
स्वागत कार्यक्रमपछि राष्ट्रपति मुर्मु र किरो बिच भेट भएको थियो । मुर्मुले आजै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन सँग भेट गर्ने छिन् ।



