एमालेमा ओलीको दोस्रो कार्यकाल शुरू – New Zealand News Nepal (NZ News Nepal)

एमालेमा ओलीको दोस्रो कार्यकाल शुरू

   November 30, 2021  

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो अन्तरले विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ओलीले १८०८  मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२३ मतमा सीमित भएका छन् । तर यसको आधारिक घोषणा गरिएको छैन । १० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । योसँगै अध्यक्षमा ओलीको दोस्रो कार्यकाल शुरू भएको छ ।