स्ट्याटस् एनजेडले सार्वजनिक गरेको नयाँ डाटा अनुसार एक वर्षमा एक लाख ३१ हजार २ सय न्युजिल्याण्डमा बसोबास गर्ने मानिसले न्युजिल्याण्ड छोडेर अन्य मुलुक गएका छन् ।
यो अहिले सम्म कै बढी वार्षिक संख्या हो । गत जुनसम्मको वार्षिक तथ्याकं सार्वजनिक गर्दै स्ट्याटस् एनजेडले देश छाडेर जाने मानिसको संख्या बढ्दै गएको कुरा सार्वजनिक गरेको हो ।
देशमा बढ्दो बेरोजगारी, महंगाई, चर्को कर लगायतका कारण देखाउदै अन्य देश जानेको संख्या बढेको हो ।
यो संख्यामा ८० हजार एक सय ७४ जना न्युजिल्याण्डका नागरिक रहेका छन् जुन कोभिड अगाडिको संख्याभन्दा दोब्बर हो ।
न्युजिल्याण्ड छाडेर अधिकाशं मानिस अष्ट्रेलिया, बेलायत, अमेरिका र यूरोप तिर लागेका छन् ।


