न्युजिल्याण्डमा रहेका ५ वर्ष देखि ११ वर्ष उमेर समुहका बालबालिकाले अब कोरोना बिरुद्धको खोप लगाउन पाउने भएका छन् । न्युजिल्याण्ड सरकारका अनुसार जनवरीको अन्तिम साताबाट बालबालिकालाई कोरोनाको खोप लगाउन थालिने छ । बालबालिकाहरुका लागि पहिला वयस्कले लगाएकै फाईजरको खोप लगाइने सरकारले जनाएको छ । हाल रहेका कोरोना संक्रमित मध्य २०% संक्रमित १२ वर्ष भन्दा मुनिका बालबालिका रहेको कारणले अब खोप लगाउन ढिला गर्न नहुने भन्दै सरकारले नयाँ वर्षको सुरुवात देखि नै बाल बलिकालाई कोरोनाको खोप लगाउने तयारी थालेको हो ।


