अकल्याण्डमा सडक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने थप ३ जना गम्भिर अवस्थामा घाईते भएका छन् । अकल्याण्डको स्टेट हाईवे १ स्थित बम्बै र रामारामाको बिचमा सोमबार दिउसो पौने २ बजे उक्त सडक दुर्घटना भएको हो । दुर्घटनामा दुई सवारी एक आपसमा ठोक्किएर अन्य केही सवारी साधनलाई पनि ठक्कर दिएको प्रहरीले प्रारम्भिक रुपमा जानकारी गराएको छ । दुर्घटनामा परि ३ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाईते ३ जना मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घटनापछि स्टेट हाईवे १ अन्तर्गत अकल्याण्ड रामारामा सडकखण्ड तत्काललाई बन्द गरिएको छ । उक्त सडक मंगलबार बिहानबाट सन्चालनमा आएको प्रहरीले जनाएको छ ।


