ट्रकको टायर पड्किदा भयो अकल्याण्डमा दुर्घटना, मृत्‍यु हुने तीनै जना समोवाका नागरिक

किवी क्षेत्रमा मेन सिजन सकाएर उनिहरु यसै साता समोवा फर्किदै थिए

512 Shares

अकल्याण्डको रामारामामा सोमबार भएको सवारी दुर्घटनामा परि मृत्‍यु भएका ३ जना समोवाका नागरिक भएको प्रहरीले जनाएको छ । ट्रकको टायर पड्केर ट्रक एक्कासी अनियन्त्रित हुँदा अन्य ३ सवारी साधन दुर्घटनाको चपेटामा परेको थियो । मृत्‍यु हुनेहरु तीनै जना केही महिना अगाडि सिजनल वर्क भिसा अन्तर्गत न्युजिल्याण्ड आएका थिए । किवी क्षेत्रमा मेन सिजन सकाएर उनिहरु यसै साता समोवा फर्किदै थिए । अकल्याण्ड हुँदै समोवा जान उनिहरु बे अफ प्लेन्टीबाट अकल्याण्ड जादै गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार टायर पड्किएर ट्रकले अनियन्त्रित हुँदै एउटा भ्यान र दुई वटा कारलाई ठक्कर दिएको थियो । सुरुमै भ्यानलाई ठक्कर दिएकाले भ्यानमा बढी क्षति पुगेको प्रहरीले बताएको छ । भ्यानमा ६ जना सवार रहेको र ति मध्ये ३ जनाको मृत्‍यु भएको हो । मृत्‍यु हुनेमा ३२ , ३७ र ४७ वर्षका पुरुष रहेका छन् । अन्य ३ जना घाईतेको उपचार भईरहेको जसमध्य एक जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।

सम्बन्धित समाचार

सबै