हावाहुरी र चट्याङका कारण हवाईसेवा प्रभावित , बिहीबार कता कता पर्‍यो चट्याङ ?

375 Shares

न्युजिल्याण्डको अधिकांश क्षेत्रमा बिहीवार मौसममा बद्ली आयो । नर्थ आईल्याण्डको अधिकांश क्षेत्र र साउथको केही क्षेत्रमा बिहीवार चट्याङ सहित वर्षा भएको थियो । नर्थको नर्थल्याण्ड, अकल्याण्ड, वे अफ प्लेन्टी, वाईकातो, वेलिङ्टन र तारानाकी क्षेत्रमा बिहीवार साझँ चट्याङ सहित वर्षा भएको थियो । उता साउथको तास्मान, नेल्सन र वेष्ट कोस्ट क्षेत्रमा पनि चट्याङसहित सामान्य वर्षा भएको मेट सर्भिसले जनाएको छ । यि क्षेत्रमा शनिबारसम्म मौसममा बद्ली आउने र हल्का देखि मध्यम खाल्को वर्षा हुने बताईएको छ । हावाहुरी र चट्याङ कै कारण राजधानी वेलिङ्टनमा रहेको अन्तराष्ट्रिय बिमानस्थलमा केही समय हवाई सेवा समेत प्रभावित भएको थियो । बिमानस्थलका अनुसार बिहीवार हावाहुरी र चट्याङका कारण २० उडान रद्द भएको छ । अकल्याण्डमा पनि मौसमको कारण केही उडान प्रभावित भएको थियो ।

सम्बन्धित समाचार

सबै