आज सेप्टेम्बर १९ । आज भन्दा १३१ वर्ष अगाडि न्युजिल्याण्डमा निर्वाचनसम्बन्धी ऐन पारित भएको थियो । त्यो ऐनले न्युजिल्याण्ड मात्र नभएर विश्वनै फाईदा हुने नियम ल्याएको थियो । निर्वाचनसम्बन्धी उक्त ऐनमा विश्व मै पहिलो पटक महिलालाई पूर्ण मताधिकारको अवसर दिएको थियो ।
प्रसिद्ध महिला अधिकार अभियन्ता क्याथरिन विल्सन सेपर्डको नेतृत्वमा वर्षौं अघिदेखि सञ्चालित आन्दोलनको परिणाम स्वरुप न्युजिल्याण्ड महिलालाई मताधिकार दिने पहिलो मुलुक बन्न पुगेको थियो । बेलायत र संयुक्त राज्य अमेरिका लगायत धेरैजसो अन्य लोकतान्त्रिक देशहरूमा पहिलो विश्वयुद्धपछिसम्म महिलाहरूलाई मताधिकार दिइएको थिएन । सन् १८९१ र ९२ को प्रतिनिधि सभाका बैठकहरुमा महिलालाई मताधिकारको बिषय प्रवेश पाएको थियो । संसदको सोही अधिवेशनमा निर्वाचन ऐन पारित भएको थियो । पछि सन् १९९३ सेप्टेम्बर १९ का दिन न्युजिल्याण्डका तत्कालिन गभर्नर लर्ड ग्लासगोले उक्त कानुनमा हस्ताक्षर गरे सँगै विश्व मै पहिलो पटक न्युजिल्याण्डमा महिलालाई मत दिने अधिकार प्रदान गरिएको थियो । सोही वर्ष नोभेम्बरमा भएको आमनिर्वाचनमा ९० हजार बढी महिलाले मतदान गरेका थिए ।